नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ।
शुक्रबार नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उनको उपचारको क्रममा मृत्यु भएको थियो।
उनको पार्थिव शरीरलाई आज दिउँसो १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
उनी मिर्गौला र छातीको संक्रमणबाट पीडित थिए।
चैत ९ गतेदेखि सुरू भएको निर्वाचन समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको पनि उनले जानकारी दिए।