नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले विकास र आर्थिक समृद्धिको लागि आर्थिक समानता आवश्यक रहेको बताएका छन्।
शुक्रबार बानेश्वरस्थित संसद भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा उनले सो कुरा बताएका हुन्।
सम्बोधन गर्दै उनले भने, ‘पूर्वपश्चिम २ वर्षभित्र रेल चलाउने र केही वर्षभित्र सिंगापुर बनाउने आश्वासनभन्दा भ्रष्टाचार अन्त्य गर्न पाए राम्रो हुने महंगी नियन्त्रण होस्। खानेपानीको समस्या सडकजाम नियन्त्रण होस्। चक्रपथको यात्रा एक घण्टाको लागि ३ घण्टा लाग्छ। हिजो राष्ट्रपतिको यात्रा भयो हिजो उपत्यकामा जाम भो। सारा जनताले दु:ख पाए। जामको बन्दोबस्त हामीले गर्न सकौं।’
‘सरकारलाई राम्ररी अगाडि बढाउने हो भने ठूला कुराभन्दा आधारभूत कुरामा ध्यान जाओस्’ उनले भने।