राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय ससंदका दुबै सदनको संयुक्त बैठकलाई बिहिबार सम्बोधन गरेकी छन्। अपरान्ह ४ बजेपछि उनले बैठकलाई लिखित सम्बोधन गरेकी हुन्।
राष्ट्रपतिको लिखित सम्बोधन सरकारले तयार पारेको हो।
राष्ट्रपतिले सम्बोधन गर्नु केहीबेरअघिमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित सम्बोधन राष्ट्रपतिलाई दिएका थिए। संसदमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लोकतन्त्र थेगोमात्र नभएर जीवनशैली भएको बताइन्।
‘जीवनस्तरमा परिवर्तन नआएसम्म लोकतन्त्र नारामात्रै हुन्छ,’ राष्ट्रपति भण्डारीले भनिन्। झन्डै २० मिनेट लामो सम्बोधनमा उनले राजनीतिक संक्रमण सकिएकाले अबको लक्ष्य आर्थिक विकास र सम्वृद्धि हासिल गर्नु भएको उल्लेख गरिन्।
नयाँ संसदलाई राष्ट्रपति भण्डारीले पहिलोपटक सम्बोधन गरेकी हुन्।
हेर्नुहोस् भिडियो
https://www.facebook.com/setopati/videos/1830868356983729/