मन्त्रिपरिषद् बैठकले स्थानीय तहमा ५७ हजार २ सय ५४ कर्मचारीलाई पठाउने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको अन्तरिम संगठन संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गर्दै ५७ हजार २ सय ५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको हो। जनसंख्याका आधारमा कर्मचारीको संख्या निर्धारण गरिएको सरकारले जनाएको छ।
संघीय सरकारमा २१ मन्त्रालय रहने निर्णय पनि पास भएको छ। यी सबै मन्त्रालयमा जम्मा २ हजार ६ सय ५४ कर्मचारीको दरबन्दी रहने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
यसअघि केन्द्रिय सरकारका विभिन्न मन्त्रालयमा ३ हजार २ सय ६० कर्मचारीका दरबन्दी थिए।