नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक दलहरू सत्तामुखी भएसम्म मुलुकमा राजनीतिक स्थायित्व कायम हुन नसक्ने बताएका छन्।
सो दलले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस र एमाले सत्तामुखी पार्टी भएकाले ती दलबाट मुलुकको समृद्धि सम्भव नभएको धारणा राखे।
उनले दलगत ट्रेड युनियन खारेज नगरेसम्म कर्मचारी प्रशासनलाई सुधार गर्न नसकिने पनि बताए। अध्यक्ष भट्टराईले भने, ‘खटाएको स्थानमा नजाने कर्मचारीलाई ऐन संशोधन गरेर कारवाही गर्ने आँट सरकारले गर्न सक्नुपर्छ।’ रासस