प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विदेश नीति स्पष्ट रहेको दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर रहेको पनि बताए। उनले भारत र चीनसँगको सम्बन्धलाई अझै दरिलो र भरिलो बनाउन चाहेको पनि स्पष्ट पारे।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विदेश नीतिलाई बलियो बनाउन मित्रतापूर्ण सम्बन्ध कायम गर्नुपर्ने तर्क पनि गरे।
उनले समानताका आधारमा नेपालले दुई ठूला छिमेक भारत र चीनसँगको सम्बन्धलाई अझै उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले नेपालको विदेश नीति मित्रतामा आधारित हुने पनि स्मरण गराए। उनले मित्रतापूर्ण सम्बन्धनै विदेश नीतिको मूल चुरो भएको पनि उल्लेख गरे। सरकार समानतामा आधारित विदेश नीतिको पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।
उनले राष्ट्रिय हित र मुलुकको आर्थिक कूटनीतिलाई बलियो बनाउने सूत्र पनि मित्रतापूर्ण सम्बन्ध नै भएको पनि बताए।
प्रधानमन्त्री ओलीले नेपालले कुनै पनि मुलुकप्रति भैरभाव नराख्ने बताएका छन्। कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धका विविध आयाम समेटिएको पुस्तक विमोचन गरेका थिए।
https://www.youtube.com/watch?v=r5GrjfxgCXQ&feature=youtu.be