प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित सभामुख महराको कार्यकक्षमा सोमबार विहान भएको भेटवार्तामा दुवै सदनलाई कसरी प्रभावकारी बनाएर लैजाने भन्ने विषयमा छलफल गरिएको राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।
प्रतिनिधिसभाको सभामुखका निर्वाचित भएका महरा र राष्ट्रियसभाका अध्यक्षमा निर्वाचित भएका तिमिल्सिनाबीच पहिलो पटक औपचारिक भेटवार्ता भएको हो। दुई सदनले आ–आफ्नै कार्यव्यवस्था नियमावली बनाउने कामलाई अघि बढाएका छन्।
नियमावलीमा एक रुपता ल्याउने तथा संयुक्त बैठक संचालनका विषयमा पनि सभामुख महरा र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच छलफल भएको सभामुख महराको निजी सचिवालयले जनाएको छ ।
https://www.youtube.com/watch?v=r7LUY4eJ050