प्रदेश २ को प्रदेशसभामा सरकारले दर्ता गराएको आर्थिक कार्यविधि विधेयकमाथि छलफल हुने भएको छ।
सरकारले दर्ता गराएको आर्थिक कार्यविधि विधेयकमाथि सोमबार दफावार छलफल हुने भएको हो। अपरान्ह १ बजेबाट सुरू हुने प्रदेशसभा बैठकमा विधेयकमाथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ। आर्थिक विधेयक ४ महिनाका लागि तयार पारिएको छ।
कार्यविधिमा प्रदेश सरकारको ४ महिनाको खर्च गर्ने अधिकार र त्योसँग सम्बन्धित नियम सर्त समेटिएको छ। विधेयकमा मुख्यमन्त्री, मन्त्री र प्रदेश सांसदको तलब भत्ताको सिलिङ समेत तोकिएको छ।
प्रदेश सरकारको बैंक खाता संचालन, आर्थिक आम्दानीको स्रोत र आर्थिक गतिविधि गर्दा अपनाइने विधि कार्यविधिमा समेटिएको छ। प्रदेश सरकारले गत चैत ६ गते प्रदेश सभाको सचिवालयमा आर्थिक कार्यविधि विधेयक दर्ता गरिएको थियो।