नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘विकासको समाजवादी मोडल’ निर्माण गर्ने घोषणा गरेका छन्।
अध्यक्ष दाहालले संवैधानिक व्यवस्था अनुसार विकासको समाजवादी मोडल निर्माण गर्न आफूहरू केन्द्रीत भएको पनि स्पष्ट पारे। उनले सामाजिक न्यायसहितको अर्थतन्त्र निर्माण गर्दै विकासको समाजवादी मोडल निर्माण गर्ने योजना पनि सुनाए।
मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरेर मात्रै विकासको समाजवादी मोडल निर्माण गर्न सकिने अध्यक्ष दाहालको भनाइ छ।
शुक्रबार संघीय समाजवादी फोरम, नेपालका सचिव अजम्बर काङमाङ राई र नयाँ शक्ति पार्टी, नेपालका केही कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै उनले संविधान संशोधनकै माध्यमबाट नागरिकका अधिकारलाई सुनिश्चित गर्ने आधार तय भइसकेको पनि स्मरण गराए।
अध्यक्ष दाहालले एमालेसँगको पार्टी एकतालाई टुंगोमा पुर्याउन अघि २ पार्टीले आ–आफ्नो संगठनलाई अन्तिम रूप दिने जानकारी पनि दिए। उनले २ पार्टीबीचको एकताका लागि गठित कार्यदलले आइतबारसम्म आफ्नो प्रतिवेदन पार्टी एकता संयोजन समितिमा पेश गर्ने पनि बताए।अध्यक्ष दाहालले पार्टी एकताका लागि पनि दुबै दलले आफ्नो संगठनलाई अन्तिम रूप दिनुपर्ने अवस्था आएको पनि उल्लेख गरे।
अध्यक्ष दाहालले एमालेसँगको पार्टी एकता मुलुकको आवश्यकताले तय गरेको पनि बताए।
https://www.youtube.com/watch?v=_UcKp95uc88&feature=youtu.be