प्रदेश ४ का स्थानीय तहका वडा सदस्य र कार्यपालिका सदस्यहरुले वडाध्यक्षकै हेसियतमा तलब सुविधा पाउनुपर्ने माग सहित सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् ।
७ जिल्लाका स्थानीय तहका सदस्यहरुले सोमबार संयुक्त रुपमा प्रदेश सभामुख नेत्रनाथ अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन्। उनीहरुले काम गर्न तयार रहेको भन्दै सोही अनुसार काम र तलब सुविधा हुनुपर्ने माग गरे ।
जनप्रतिधिलाई फरक ब्यवहार देखाउन नहुने भन्दै उनीहरुले तत्कालै समान सुविधाको ब्यवस्था मिलाउन आग्रह गरेको पोखरा लेखनाथ महानगरपालिकाका कार्यपालिका सदस्य ओम गौचनले बताए। उनले सभामुखलाई ज्ञापनपत्र बुझाउदै सदस्यहरुले माग पूरा नभए कडा संघर्ष गर्ने चेतावनी दिए ।