प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले अदालतमाथि धम्कीको भाषा बोल्ने गरेको आरोप लगाएका छन्।
नेता रिजालले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डण्डा बर्साएर गोपालप्रसाद पराजुलीलाई पदमुक्त गराएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
उनले २ तिहाई बढी मतको बलमा सरकारले बल मिचाई गर्न नपाउने पनि स्पष्ट पारे।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता रिजालले सत्तारुढ दलहरूले सत्तामा बसेर अदालतमाथि धम्कीको भाषा बोल्ने गरेको भन्दै अब त्यसो हुन नदिइने चेतावनी समेत दिए।
कांग्रेस नेता रिजालले सत्ताको आडमा थिचोमिचोको राजनीति गर्ने अधिकार लोकतन्त्रमा कसैलाई पनि नहुने तर्क समेत गरे।