सत्तारुढ नेकपा एमालेका नेता एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सरकार संविधान कार्यान्वयनमा केन्द्रीत रहेको बताएकी छन्।
नेता नेम्वाङले सरकार जनता र नागरिक समाजको सुझबुझ अनुसार अघि बढ्न प्रतिबद्धता रहेको पनि बताए।
आइतबार काठमाडौंमा आयोजित ‘बृहत नागरिक बहस’ कार्यक्रममा बोल्दै उनले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीप्रति संकेत गर्दै संविधानले सबैलाई अधिकार प्रत्याभूत गरेकाले हतियारको राजनीति गरिरहन पर्ने अवस्था नरहेको पनि स्पष्ट पारे।
नेता नेम्वाङले संविधानमा आमूल परिवर्तन गर्न सक्ने वैधानिक व्यवस्था भएको उल्लेख गर्दै त्यसै अनुसार अघि बढ्न सबै दलहरू लाग्नुपर्ने आवश्यकता औंल्याए। उनले जनताको विश्वास जितेर संविधानमा आवश्यक संशोधन गर्न सकिने प्रावधान राखिएको पनि स्मरण गराए।
नेता नेम्वाङले निर्वाचनपछि सबै राजनीतिक दलहरूले संविधानलाई स्वीकार गरेको पनि बताए।