नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालले राजनीतिक संक्रमण पार गरेर आर्थिक विकासको युगमा पार गरेको बताएका छन्।
काठमाडौंमा आयोजना भइरहेको सार्क विजनेश लिडर्स कनक्लेभमा सम्बोधन गर्न पुगेका पूर्व प्रधानमन्त्री दाहालले पत्रकारहरुसँग प्रतिक्रिया दिंदै संघीय संरचनाका सबै निर्वाचन सम्पन्न भएको र अबको दायित्व आर्थिक विकासमात्र रहेको प्रष्ट पारे।
‘हामी पुर्णतया राजनीतिक संक्रमण पार गरेर आर्थिक संक्रमणमा प्रवेश गरेका छौं’ उनले भने,‘यस्ता कार्यक्रमबाट नेपालले यस्तै सन्देश प्रवाहमा सहयोग पुग्छ।’
रोजगारी सिर्जना र आर्थिक विकासको लागि निजी क्षेत्र र सरकारबीच विश्वासको वातावरण बन्नुपर्ने र त्यसको लागि कनक्लेभ सहयोगी हुने उनको भनाइ छ।
त्यस्तै प्रचण्डले भारत र पाकिस्तानबीचको कुटनीतिक विवाद उनीहहरुले शान्तिपुर्ण समाधान गर्नुपर्ने र त्यसको लागि नेपालले गर्नसक्नेजति सहयोगको लागि सदैव तयार रहेको बताए।
नेपालमा यसअघि भारत कि चीन नजिकको कुटनीति सम्बन्ध भउको तर अब प्रो नेपाल सम्बन्धमा मात्र ध्यान दिइने र नयाँ सिराबाट पराराष्ट्र नीति संचालन गरिने उनको भनाइ थियो।
आइतबारसम्म चल्ने कनक्लेभमा सम्बोधान गर्दै उनले दक्षिण एशियालाई विश्वकै शान्त र समृद्ध क्षेत्र बनाउन सबैमा अपील गरेका थिए।
“मानवीय तथा प्राकृतिक श्रोतका दृष्टिले दक्षिण एशिया धनी रहेको छ । क्षेत्रीय सामिप्यता, सांस्कृतिक समानता र विकासको चाहना उत्प्रेरक पक्ष रहेका छन्” सम्बोधनको क्रममा उनले भने,“अब दक्षिण एशियाली देशहरुबीचको आपसी एकता र सामुहिक प्रयासको खाँचो रहेको छ ।”
दक्षिण एशियाली क्षेत्रीय सहयोगका क्षेत्रमा भए गरेका प्रगतिहरुको आत्मसमीक्षा गरेर आगामी बाटो पहिल्याउनुपर्ने बताउँदै प्रचण्डले परस्पर लाभ हुने किसिमले सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिए।