नवनिर्वाचित उपसभामुख शिवमाया तुम्बाहाम्फेले संविधानको परिधिभित्र रहेर आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
शुक्रबार उपसभामुखमा निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उनले थुप्रै कानून निर्माण गर्नुपर्ने दायित्व आफूमाथि आइपरेको प्रतिक्रिया दिए।
उनले संविधान अनुसार जनताको काम गर्न आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।
शुक्रबार प्रतिनिधिसभाले बहुमतले एमालेकी सांसद तुम्बाहाम्फेलाई सभामुखमा निर्वाचित गरेको थियो। २०४७ सालमा एमालेको पार्टी सदस्यता लिनु भएकी तुम्बाहाम्फेले पार्टी केन्द्रीय सदस्यको भूमिका समेत निर्वाह गरिसकेकी छन्।