गृहमन्त्री रामबहादुर थापा (बादल) शिक्षण अस्पताल महाराजगञ्जमा पुगी गत फाुगन २८ गते एक समूहको आक्रमणमा परि घाइते भएका घेडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
सो क्रममा मन्त्री थापाले चौधरीको स्वास्थ्य लाभको कामना गर्दै उनको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सकहरूसँग जानकारी लिएका थिए।
उनले केही आक्रमणकारीलाई कारवाहीको दायरामा ल्याइसकेको र बाँकीलाई पनि कारवाहीको दायरामा ल्याउने जानकारी लिए।
गत साता आफ्नै निवासमा अज्ञात समूहको आक्रमणबाट घाइते भएका मेयर चौधरीलाई स्थानीय अस्पताल हुँदै थप उपचारका लागि राजधानी ल्याइएको थियो।