सातै प्रदेशका सभामुखहरूले प्रधानमन्त्री केपी शर्मा ओली र संघीय संसदका सभामुख कृष्ण बहादुर महरालाई भेटेका छन्।
शुक्रबार बिहान सातवटै प्रदेशका सभामुखहरू प्रदेश नम्बर १ का प्रदीप कुमार भण्डारी, प्रदेश नम्बर २ का सरोज कुमार यादव, प्रदेश नम्बर ३ का सानुकुमार श्रेष्ठ, प्रदेश नम्बर ४ का नेत्रनाथ अधिकारी, प्रदेश नम्बर ५ का पूर्ण बहादुर घर्ती, प्रदेश नम्बर ६ का राजबहादुर शाही र प्रदेश नम्बर ७ का अर्जुन बहादुर थापाले प्रधानमन्त्रीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेका हन्।