यस्तै, राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले अहिले देखिएको विवाद दुर्भाग्यपूर्ण भएको भन्दै यो विषयमा ‘कू’ गर्ने को हुन् ? भन्ने कुरा एक दुई दिनभित्रै बाहिर आउने स्पष्ट पारेका छन्।
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुराको जानकारी दिएका हुन्।
उनले योग्यता र क्षमतालाई बाईपास गर्दै पार्टीको भागबण्डाका आधारमा न्यायाधीश नियुक्ति भएकोले अहिले समस्या देखिएको गुनासो पोखे।
उनले भने,‘अहिलेको घट्नाको सन्दर्भ प्रधानन्यायाधीश जिवितै छन्, पदासिन छन्, शितलनिवासमा उहाँले हिजो राष्ट्रपतिलाई सपथ खुवाउनु भयो, अब सपथको वैधानिकता के हो ?’
उनले यदि पराजुलीले गम्भीर गल्ती नै गरेको हो भने उनलाई राजिनामा दिन लगाएर मात्रै नहुने भन्दै गम्भीर अपराध गरेकोलाई महाभियोग लगाएर हटाउनुपर्ने तर्क गरे। उनले भने,‘प्रधानमन्त्रीले किन उहाँलाई राजिनामा वा विदामा बस्न भनेर धम्की दिनुभयो, यदि अपराधी हो भने वा कीर्ते गरेको हो भने महाअभियोग लगाउनुपर्छ, जबरजस्ती घरमा बस्नुहोस् भन्न मिल्छ ?’
कर्णले पराजुलीलाई हटाउने हो भने कानूनसम्मत ढंगले हटाउनुपर्नेमा जोड दिए।
पराजुलीको नामको बोर्ड र उनको कुर्सी हटाइयो भन्दै यसलाई नै उनले ‘कू’ को संज्ञा दिए।
उनले भने,‘एकजना पदाधिकारीले अर्कोलाई जबरजस्ती हटाउनु ‘कू’ हो, देशमा अहिले जुडिसियल ’कू’ भएको छ, सर्वोच्च अदालत इतिहासमै यति धेरै पहिलो पटक बद्नाम भएको छ।’
अदालतको फैसलाप्रति जनताको विश्वास घटेकोले अब त्यस्तो घट्ना दोहोरिन दिन नहुने उनको तर्क थियो ।