गृहमन्त्री रामबहादुर थापाले उपत्यकाभित्र शान्ति, सुरक्षा र ट्राफिक व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रहरी प्रमुख प्रकाश अर्यालले उपत्यका भित्रका तीन जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी, ट्राफिक प्रमुख र काठमाडौं महानगरपालिका मेयरलाई बोलाएर बिफ्रिङ दिएका हुन्।
गृहमन्त्री थापाले आफूलाई प्रहरीको कामको योजनाभन्दा पनि परिणामको चाहिएको बताए। गृहमन्त्री थापाले उपत्यकाभित्रको शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापन व्यवस्था सहज गर्नको लागि निर्देशन दिएको बैठकमा सहभागी एक प्रहरी अधिकृतले बताए।
गृहमन्त्री थापालाई उद्धृत गर्दै भने, ‘उपत्याभित्र जतिसक्दो चाँडो ट्राफिक समस्या समाधान गर्नुहोस्।’
गृहमन्त्री थापाले उपत्यकाभित्र बढ्दै गएको अपराध नियन्त्रण गर्ने निर्देशन समेत दिएका हुन्। शान्ति सुरक्षा कायम राख्न सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्न समेत गृहमन्त्रीले सुझाव दिएका थिए।
राजधानीमा हुने गुन्डागर्दी नियन्त्रण गर्ने उनले प्रहरीलाई निर्देशन दिएका छन्।
https://www.youtube.com/watch?v=xGeWaA5Fa0E&feature=youtu.be