प्रधानन्यायाधीश गोपाल पराजुली 'पदमुक्त' भएपछि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रूपमा आज सर्वोच्च अदालतका पेसी तोकेका छन्।
प्रधानन्यायाधीश गोपाल पराजुली बुधबार पदमुक्त भएकाले आज आफूले पेसी तोकेको जोशीले सेतोपाटीलाई जानकारी दिए।
बुधबार न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले पराजुलीको उमेर हदका कारण गत साउनमै अवकाश भइसकेको पत्र लेखेका थिए।
सो पत्रपछि जोशीले आजदेखि आफूले कायममुकायम प्रधानन्यायाधीशका रूपमा काम गर्ने बताएका थिए। सोही अनुसार उनले बिहीबारका पेसी तोकेका हुन्।
जोशीले पेसी तोक्ने भएपछि पराजुलीले तोकेको इजलास बहिष्कार गर्ने निर्णय गरेका सर्वोच्चका आठ जना न्यायाधीश पनि आजदेखि काममा फर्कने भएका छन्।
'हामीले पराजुली श्रीमानले तोकेका इजलासमा बस्दैनौं भनेका थियौं। उहाँले पेसी नतोक्ने भएपछि हिजोको जस्तो असहज अवस्था रहेन। त्यसैले आज हामी अदालत जान्छौं,' एक न्यायाधीशले सेतोपाटीसँग भने।
https://www.youtube.com/watch?v=nrkPjcw94qY