सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले भोली सर्वोच्च अदालतको पेशी आफैंले तोक्ने बताएका छन्।
न्यायपरिषद्का सचिव निरौलाले आजै न्यायपरिषद् ऐन २०७३ को दफा ३१ को ७ बमोजिम गत भदौ २१ गते नै प्रधानन्यायधीश पराजुली पदमुक्त भएको निर्णय गरि पत्र लेखेका थिए। उक्त निर्णयको बोदार्थ आफूले पनि पाएको भन्दै जोशीले त्यसको कार्यान्वयन गर्ने बताए।
'न्यायाधीशका अभिलेख व्यवस्थित गर्ने काम सचिवकै हो, उनले गरेको निर्णय कार्यान्वयन हुन्छ। अब सर्वोच्च अदालतको नेतृत्व मेरो हातमा आएको छ,' उनले सेतोपाटीसँग भने, 'भोलिदेखि नै म कायममुकायम प्रधानन्यायाधीशको हैसियतले पेशी तोक्छु। म त्यसैको तयारीमा छु।'
उनी प्रधानन्यायाधीशको रोलक्रममा रहेका सबैभन्दा वरिष्ठतम् न्यायाधीश हुन्।
सचिवको निर्णयपश्चात पराजुलीले आफूलाई फोन गरेर सचिवले यसरी हटाउन नमिल्ने भनेको पनि जोशीले बताए। 'उहाँले पनि सचिवले यस्तो निर्णय गर्न नमिल्ने भन्दै मलाई फोन गर्नु भएको थियो,' उनले भने,'मैले उहाँले परिषदका सहसचिवबाट परिषद/ न्यायसेवा आयोगका काम गराएको स्मरण गराउँदै भनिदिएँ, तपाईँले गरेपछि अरुले पनि गर्न हुन्छ।'
उनी परिषद्का सदस्य पनि हुन्।
सोमबार कान्तिपुर र डाक्टर गोविन्द केसीको मुद्दा सुनुवाईको क्रममा न्यायाधीश चोलेन्द्र शमसेर जबराले पराजुलीको अवकाश गत साउनमै भैसक्नु पर्ने भन्दै उनले तोकेको इजलासमा बस्न कानुनी र नैतिक हिसाबले नमिल्ने निर्णय गरेका थिए। उनको त्यहि निर्णय देखाउँदै जोशी सहित ८ न्यायाधीशले प्रधानन्यायाधीश पराजुलीले न्यायसम्पादनबाट अलग बस्नुपर्ने सुझाव दिए। पराजुलीले भने उनीहरुको कुरा नसुनि इजलास तोके। त्यसपछि जोशी सहित ८ जनै न्यायाधीशले मंगलबार र बुधवार पराजुलीले तोकेको इजलासमा बस्न अस्वीकार गरेका थिए।
यो पनि पढ्नुहोस्: