प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री एकेएम शाहाजहाँ कमालसँग शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री ओलीले गत फागुन २८ गते भएको यूस बंगलाको विमान दुर्घटनालाई दुखद भएको बताए।
मन्त्री कमालले नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंसा गरेका छन्।
नेपालको यो सदासयताका लागि बंगालादेशका प्रधानमन्त्री शेख हसिना वाजेजले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गरेको मन्त्री कमालले जानकारी गराए।
प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट निधन भएकाहरूको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री, सरकार र जनतालाई समवेदनासहित सहानुभूति प्रकट गरेका छन्।
प्रधानमन्त्री ओलीले घटनाको छानबिनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी दिएका छन्।
आयोगले प्रतिवेदन बुझाएपछि घटनाको सत्यतथ्य बाहिर आउने प्रधानमन्त्री ओलीले मन्त्री कलामलाई बताएका छन्।