राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ बजे पद तथा गोपनियताको सपथ लिने भएकी छन्।
मंगलबार भएको राष्ट्रपति निर्वाचनमा उनले नेपाली कांग्रेसकी नेतृ कुमारी लक्ष्मी राईलाई २७ हजार ५ सय ४५ मतान्तरले विजयी गराएकी हुन्।
मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो।
उनी संविधान घोषणा पछि २०७२ कात्तिक ११ गते राष्ट्रपति चयन भएकी थिइन्।
नेपालको संविधानको धारा ७१ मा 'आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिले संघीय कानून बमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनियताको समथ लिने' व्यवस्था छ।