प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नयाँ राष्ट्रपतिले संवैधानिक दायित्व पुरा नगर्ने हो कि? भन्ने चिन्ता व्यक्त गरेको छ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्या भण्डारीले नयाँ राष्ट्रपतिको रूपमा संवैधानिक दायित्व पुरा गर्नेमा आफू विश्वस्त नरहेको प्रतिक्रिया दिएका हुन्।
राष्ट्रपति निर्वाचनमा मतदान गरेलगत्तै संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उनले राष्ट्रपति भण्डारीले राष्ट्रियसभाको सांसद मनोनित गर्दा दलीय स्वार्थलाई हेरेको दाबी गर्दै अब त्यस्तो नहोस् भन्ने कामना पनि गरे।
उनले सामाजिक आन्दोलनलाई उठान गरेर परिवर्तित नेपालको राष्ट्रप्रमुख बन्ने आँट नयाँ राष्ट्रपतिले गर्नुपर्ने आवश्यकता रहेको पनि औंल्याए।
कांग्रेस नेता थापाले संघीय लोकतान्त्रिक गणतन्त्रपछि बनेका राष्ट्रपतिहरू राजतन्त्रकै झल्को दिने गतिविधिभन्दा माथि उठन नसकेको दाबी पनि गरे।
राष्ट्रपति भइसकेका व्यक्तिले पुरानै तामझाममा रमाउने कुरालाई निरन्तरता दिन नहुने उनको बुझाई छ ।