संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान जारी रहेको छ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मध्याह्न १२ः०० बजेसम्म प्रदेशसभाका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये २३७ जनाले मतदान गर्नुभएको छ भने संघीय संसद्का कूल ३३१ सांसदमध्ये २०५ जनाले मतदान गरिसकेका छन्।
हालसम्म करिब संघीय संसदमा ९० प्रतिशत मतदान भएको छ भने प्रदेशसभामा ८५ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।
पहिलो मतदान संघीय संसद्का सदस्य जिपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गरेका थिए।
संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरी मतदान गराइएको छ ।
मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ।