सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहिष्कार गरेपछि स्थगित भएको वैठक पुनः सुरु भएको छ। न्यायाधीश जबराबाहेक सबै न्यायाधीशहरुको फुल कोर्ट वैठक जारी रहेको अदालत सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिएका छन्।
अदालतको अवहेलनासम्बन्धी डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्धको मुद्दाको पूर्ण इजलासमा भइरहेको बहसमा सोमबार न्यायाधीश जबराले प्रधानन्यायाधीश पराजुलीको बेन्चमा अबदेखि आफू नबस्ने भन्दै बहिष्कार गरेका थिए।
त्यसपछि केहीबेर स्थगित वैठक न्यायाधीश जबरा बिना नै सुरु भएको हो।
न्यायाधीश जबराले पराजुलीको कायम उमेर अनुसार उनले गत साउनमै अवकाश पाउनु पर्ने भन्दै अबदेखि उनको इजलासमा नबस्ने बताएका छन्।
सोमबार बिहान इजलास सुरु हुनुअघि नै इजलास कक्ष आएर राणाले भनेका थिए- अहिलेको उहाँको जन्ममिति र शैक्षिक कागजात विवादित छन्। उहाँकाे उमेर अनुसार उहाँले गत साउनमै अवकाश पाइसक्नु पर्ने थियो। त्यसैले म अबदेखि उहाँसँग इजलासमा बस्ने छैन।