नेकपा एमालेले नेता गणेश तिमिल्सिनाले राष्ट्रिय सभा अध्यक्षको लागि उम्मेदवारी दर्ता गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको एमाले नेताहरूको बैठकले प्रदेश नम्बर ४ मा राष्ट्रिय सभा निर्वाचित तिमिल्सिनालाई राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेपछि उनले उम्मेदवारी दर्ता गराएका हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी नदिने सम्भावना छ।
एमालेको निर्णयसँगै तिमिल्सिना राष्ट्रिय सभा अध्यक्ष बन्ने निश्चित भएको छ।
वाम गठबन्धनको भागबन्डामा राष्ट्रिय सभा अध्यक्ष एमालेको भागमा परेको थियो।