न्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलास बहिष्कार गरेका छन्।
अदालतको अवहेलनासम्बन्धी डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्धको मुद्दाको पूर्ण इजलासमा भइरहेको बहसमा सोमबार न्यायाधीश जबराले प्रधानन्यायाधीश पराजुलीको बेन्चमा अबदेखि आफू नबस्ने भन्दै बहिष्कार गरेका हुन्।
न्यायाधीश जबराले पराजुलीको कायम उमेर अनुसार उनले गत साउनमै अवकाश पाउनु पर्ने भन्दै अबदेखि उनको इजलासमा नबस्ने बताए।
सोमबार बिहान इजलास सुरु हुनुअघि इजलास कक्षमा आएर राणाले भने- अहिलेको उहाँको जन्ममिति र शैक्षिक कागजात विवादित छन्। उहाँकाे उमेर अनुसार उहाँले गत साउनमै अवकाश पाइसक्नु पर्ने थियो। त्यसैले म अबदेखि उहाँसँग इजलासमा बस्ने छैन।