राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।
निर्वाचन आयोगका अनुसार संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ।
एमाले र माओवादीबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ। राष्ट्रियसभाको अध्यक्षका लागि एमालेबाट परशुराम मेघी गुरुङ, गणेश तिमल्सिना प्रमुख दाबेदार रहेका छन्।
आउँदो फागुन ३० गते राष्ट्रियसभा अध्यक्षको चुनाव हुँदैछ ।
राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसले उम्मेद्वारी नदिने निर्णय गरेको छ । कांग्रेसले उम्मेद्वार उठाएपनि जित्ने सम्भावना नरहेकाले आफ्नो तर्फबाट कसैलाई उम्मेद्वार नबनाउने निर्णय गरेको हो।
राष्ट्रिय सभामा एमालेका २७ जना सांसद, कांग्रेसका १३ जना र माओवादीका १२ जना सांसद रहेका छन्।