प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीमा भएको बोक्सीकाण्डबारे संसदमा बोलेका छन्।
आइतबार संसदको बैठकमा बोल्दै उनले भने ‘कैलालीको घटनाबारे मैले कुनै विलौना गरेको होइन, कुनै रुवाबासी गरेको होइन। त्यो घटनाबारे थाहा पाउने बित्तिकै मैले कारवाही गर्न निर्देशन दिइसकेँ। छोडेको मान्छेलाई पनि गिरफतारी गरिएको छ। अरु सम्बन्धित मान्छेलाई गिरफतारी गरिएको छ। गिरफतारी गर्ने आदेश दिइएको छ। कोही पनि कानूनको दण्डबाट उम्किन सक्दैन। प्रधानमन्त्रीको हैसियतमा मैले आफ्नो दृष्टिकोण राखेको छु।’
‘त्यसकारण यो भएन अथवा सरकारले केही गरेन भन्ने कुरा सरकारले गरेको होइन सामाजिक पछौटेपनले गर्दा हो’, उनले सम्बोधन गर्दै भने ‘सामाजिक पछौटेपन २५ दिनयताको कुरा मात्र होइन अगाडिदेखिको हो,’ उनले अगाडि थपे।
‘सरकार बनेको एक महिनापनि भएको छैन । यो समाजमा भएका पछौटेपन विकृतिहरू अन्धविश्वास यहीँ सरकारले अस्ति रोपेर हतारहतार हुर्काको जस्तो ठानिएको छ,’ उनले भने, ‘त्यसैले अब त्यो पछौटेन अन्त्य गर्न सरकारले प्रभावकारी कदम चाल्छ।’