डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकले अदालतको अवहेलना गरेको भन्दै परेको मुद्दाको बहस सोमबार पनि हुने भएको छ।
ती दुबै मुद्दामा आइतबारदेखि पूर्ण इजलासमा बहस सुरु भएको छ।
आइतबार दुबै मुद्दाका रिट निवेदक पक्षका वकिलले बहस गरेका छन्।
उनीहरुको बहस नसकिएकाले भोलि फेरि बहस हुने सर्वोच्च प्रशासनले जनाएको छ।
बहस गर्दै वकिलहरुले डाक्टर केसीले अदालत न्यायको चंगुलमा फसेको, प्रधानन्यायाधीश भ्रष्टाचारी र हत्यारा भएको अभिव्यक्ति दिएकाले उनले अदालतको अवहेलना गरेको जिकिर गरेका थिए।
त्यस्तै कान्तिपुरले लगातार प्रधानन्यायाधीशका बारेमा समाचार प्रकाशन गरेका उनलाई मानसिक तनाव दिएको र त्यसले न्यायसम्पादनमा असर पार्ने वकिलहरुको तर्क थियो।
दुबै मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुली एक पक्ष भए पनि उनले आफ्नै नेतृत्वमा पूर्ण इजलास गठन गरेका थिए।