माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता भाषण नभई एक्सन चाहेको बताएका छन्।
आइतबार प्रधानमन्त्री ओलीमाथि विश्वासको मत दिनु अघि प्रतिनिधिसभाको बैठकका बोल्दै उनले सो कुरा बताएका हुन्।
सम्बोधन गर्दै उनले जनताले देश विकासका लागि सुशासन शान्ति र स्थिरतामा एक्सन चाहेको बताएका हन्। ‘आम नेपाली जनताले पहिलादेखि नै अब केही हुन्छ कि भन्दै आशा राखेका थिए। तर त्यो आशा मात्र आशा भयो। जनता सधैँ निराश भए,’ उनले भने ‘त्यसैले अब हामी इतिहासको नयाँ मोडमा आएका छौं र जनतालाई परिणाम दिने ठाउँमा आइपुगेका छौं।’
‘सरकारले संकल्प गरेका प्रतिबद्धता जति पनि छन्। अहिले त्यो एउटा ठूलो अवसर हो पुरा गर्नको लागि,’ उनले भने
सरकारले अब जनताको भरोसालाई ध्यानमा केन्द्रीत राखी आफ्नो प्रतिबद्धता कायम गरोस् भन्ने उनले ध्यानाकर्षण गराए।
वाम गठबन्धनले मुलुकमा शान्ति र समृद्धि ल्याउने सपना बाँडेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसका लागि कामै गरेर देखाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
उनले सरकारले सुशासन, समृद्धि र विकासका लागि कठोर कदम चाल्नपर्ने आवश्यक्ता पनि औंल्याए। अध्यक्ष दाहालले ओली नेतृत्वको सरकारमाथि ठूलो भरोसा गरेको पनि स्मरण गराए। उनले बोक्सीको आरोपमा कुटिएकी चेलीलाई तत्काल न्याय दिन पनि सरकारलाई अनुरोध गरे।
अध्यक्ष दाहालले १० वर्षयता १० जना प्रधानमन्त्री भएको उल्लेख गर्दै ८ जना प्रधानमन्त्री आफ्नै प्रस्तावमा बनाउने अवसर प्राप्त भएको पनि स्मरण गराए।
https://www.facebook.com/setopati/videos/1806212252782673/