नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाले देश र जनताको सबै समस्याको समाधान गर्ने थलो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको सभामुख पदमा शनिबार निर्विरोध निर्वाचित भएका महराले आइतबारको बैठकलाई सम्बोधन गर्दै सो प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित गराएकोमा सबै सांसदहरूलाई धन्यवाद दिए।
बैठकलाई सम्बोधन गर्दै उनले अबको कार्य भनेको देशमा विकास, सुशासन र शान्ति कायम गर्नु रहेको बताए।
बैठक ३ बजेसम्मको लागि स्थगित भएको छ।
https://youtu.be/ihk4nQQ79gg