नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त रूपमा संसदीय दलको बैठक सुरू भएको छ।
वाम पार्टीको संसदीय दलको बैठक नयाँ बानेश्वरमा सुरू भएको हो।
संयुक्त बैठकलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्नेछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजै विश्वासको मत लिँदैछन्।