सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन्।
सपथ ग्रहण कार्यक्रममा उनले पहिलो पटक दौरा सुरुवाल र भादगाउँले टोपी लगाएका छन्।
शुक्रबार उम्मेदवारी मनोनयन दिएका महराविरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि प्रतिनिधिसभाको शनिबार बसेको बैठकले महरालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो।
महरालाई सभामुख बनाउन एमाले सांसद एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए।