प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार विश्वासको मत लिँदैछन्।
प्रदेशसभा सचिवालयका अनुसार आज उनले विश्वासको मत लिने कार्यसूची रहेको छ।
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
माघ २८ गते प्रदेश ४ का एमाले संसदीय दलका नेताका रूपमा चुनिएका गुरुङले २९ गते प्रदेश प्रमुख बाबुराम कुँवरबाट नियुक्ति लिएका थिए। उनले फागुन ४ गते प्रदेश प्रमुख कुँवरबाट पद तथा गोपनियताको सपथ लिएका थिए।
प्रदेश नम्बर ४ मा ६० जना प्रदेशसभा सदस्य रहेका छन्।