संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन दर्ता शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुँदैछ ।
वाम गठबन्धनले माओवादी केन्द्रका नेता पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महरालाई सभामुख उम्मेदवार बनाएको छ।
उम्मेदवारी दिने/नदिनेबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले केहीबेरमा नेताहरूसँग छलफल गर्दैछ। कांग्रेसले भने उम्मेदवारी दिने सम्भावना कम छ।
सभामुखको निर्वाचन फागुन २६ गते हुँदैछ।