प्रदेश नम्बर ३ को मुख्य न्यायाधिवक्तामा सूर्यचन्द्र उपाध्याय न्यौपाने नियुक्त भएका छन्।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अनुराधा कोइरालाले वरिष्ठ अधिवक्ता सूर्यचन्द्र उपाध्याय न्यौपानेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी हुन्।
संविधानको धारा एक सय ६० को उपधारा २ अनुसार न्यौपानेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको हो।