गैर आवासीय नेपाली संघ रूसको आयोजनामा नेपाली दूतावास मस्कोमा अन्तर्राष्ट्रिय नारी दिवस तथा फागु पूर्णिमाको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
महामहिम राजदूत ऋषिराम घिमिरे र गैरआवासीय नेपाली संघका कार्यवाहक अध्यक्ष शिवमणि भूर्तेलले दीपप्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए।
संघका कोषाध्यक्ष गोविन्द आचार्यले स्वागत र संयोजक डा विमला भण्डारीले सञ्चालन गरेको कार्यक्रममा प्रतिमा अमात्यले अतिथिहरुलाई रंग लगाइदिएर कार्यक्रमको सांस्कृतिक शुरुवात गरेकी थिइन्।
राजदूत ऋषिराम घिमिरेले दूतावासको आँगनमा रंगमा रंगीन र नेपालीहरु बीच नारी अधिकारका विषयमा बोल्न पाउँदा खुसी लागेको बताउँदै भने, ‘नारी अधिकारको कुरा गर्दा बनेका कानून व्यवहारमा नआउँदासम्म साँचो अर्थमा नारी स्वतन्त्रता आउने छैन । त्यसो हुँदा कानूनको कार्यान्वयन पक्षलाई महत्व दिनुपर्ने हुन्छ।’
एनआरएनका कार्यवाहक अध्यक्ष शिवमणि भूर्तेल,श्रीमती कमला घिमिरे, दूतावासका सचिवहरु खिमानन्द भूसाल, कुमार श्रेष्ठ, एनआरएनका केन्द्रीय सदस्यहरु डा एकनारायण चापागाई र रविन्द्र भट्टराई, सँरक्षक उत्सव अमात्य, सल्लाहकार तेज शाह, गणेश रामदाम, राजकुमार पाण्डे, कार्यसमितिका किरण रानाभाट, धनराज मोक्तान, केशव तिमिल्सिना, पशुपति घिमिरे, दुर्गा बहादुर, हिमाल खनाल, भूपेन्द्र चौधरी, अग्रजहरु सूर्यप्रकाश पौडेल, भरत झा, शम्भु रिजाल, दिपेश दाहाल लगायतका विद्यार्थीहरुले शुभकामना आदानप्रदान गर्दै रंग साटासाट गरेका थिए। बुद्ध गौतम, भक्त गोतामे र गौरवहरुको समूहले व्यवस्थापनमा सहयोग गरेका थिए।
जनमैत्री विश्वविद्यालय छात्र सँघकी अध्यक्ष सुमन चौधरीको नेतृत्वमा सरिता लम्साल, सुमन चौधरी, श्वेता पाण्डे, रिज्मा जोशी र मिलन भट्टराईले गीत नृत्य प्रस्तुत गरेका थिए भने कुमार श्रेष्ठले कविता वाचन गरेका थिए।
कार्यक्रम संयोजक डा विमला भण्डारीले संसारको हरेक कुनामा रहेका दिदीबहिनीहरुले सँस्कृतिको पनि सँरक्षण गर्दै नारी असमानताका विरुद्ध आवाज उठाउनुपर्ने बताइन्।