राष्ट्रपति निर्वाचनको लागि उम्मेदवारी मनोनय दर्ता भर्खरै सम्पन्न भएको छ।
चुनावी मैदानमा वामबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट नेत्रृ कुमारी लक्ष्मी राई उत्रिएका छन्। भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै गएर उम्मेदवारी दर्ता गराएकी थिइन्।
संसद भवनस्थित निर्वाचन कार्यालय पुगेर बुधबार दुबैले उम्मेदवारी दर्ता गराएका हुन्।
संयोगवस राई र राष्ट्रपति विद्यादेवी भण्डारी दुबैको गृहजिल्ला भोजपुर हो। गएराति एमाले स्थायी समिति बैठकले राष्ट्रपति भण्डारीलाई दोस्रो पटक उम्मेदवार बनाउने निर्णय गरेको थियो भने उनलाई टक्कर दिन कांग्रेसले नेत्रृ राईलाई उम्मेदवारमा उठाएको हो।
आगामी फागुन २९ गते राष्ट्रपति निर्वाचन हुँदैछ।
हेर्नुहोस् तस्बिरहरू :
[caption id="attachment_139059" align="alignnone" width="3600"]
नेपाली कांग्रेसकी नेत्री लक्ष्मी राईले फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसद् भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा बुधबार उम्मेदवारी मनोनयन दर्ता गराउँदै। तस्वीर :रासस[/caption]
[caption id="attachment_139058" align="alignnone" width="3000"]
नेपाली कांग्रेसकी नेत्री लक्ष्मी राईले फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसद् भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा बुधबार उम्मेदवारी मनोनयन दर्ता गरी फर्किँदै । तस्वीर: रासस[/caption]