राष्ट्रपतिका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि २ बजेसम्मको समय तोकेको छ।
राष्ट्रपति निर्वाचन फागुन २९ गते हुँदैछ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि बुधबार १० बजेदेखि अपराह्न २ बजेसम्म दलहरूले उम्मेदवारी दर्ता गर्न सक्नेछन्।
एमालेले विद्यादेवी भण्डारीलाई नै पुन: राष्ट्रपति बनाउने निर्णय गरेको छ भने कांग्रेसले भने नेतृ कुमारी लक्ष्मी राईलाई राष्ट्रपति उम्मेदवार बनाएको छ।
भण्डारी यसअघि २०७२ साल कात्तिक ११ गते माओवादी केन्द्रको समर्थनमा राष्ट्रपतिनिर्वाचित भएकी थिइन्।