माधवकुमार नेपालले स्थायी कमिटी बैठकमा आफ्नो ६५ अौं जन्मदिन मनाएका छन्।
बैठक सुरू हुनुभन्दा अगाडि उनले ‘बर्थ डे केक’ काटेका हुन्।
माधन कुमार नेपाललाई प्रधानमन्त्री ओलीले पुष्पगुच्छा दिई शुभकामना दिएका थिए। यसअघि ओलीले फागुन ११ गते आफ्नो ६७ औं जन्मदिन मनाएका थिए।
राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक बालुवाटारमा बसेको छ।
अहिले बैठक सुरू भएको छ।
हेर्नुहोस् तस्बिरमा: