प्रतिनिधि सभाको बैठक चलिरहेको थियो। रोष्टममा आएर सांसदहरूले आ-आफ्ना कुराहरू राखिरहेका थिए।
सबैभन्दा पहिला माधवकुमार नेपालले बैठकमा बोले त्यसपछि क्रमश: प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपा नेता राजेन्द्र महतो, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, दुर्गा पौडेल र अन्त्यमा मजदुर किसान पार्टीका तर्फबाट प्रेम सुवालले बोले।
जेष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिकामा रहेका महन्थ ठाकुरले भानुभक्त ढकाललाई नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम भन्दै थिए ड्यासबाट आवाज आयो, महोदय! म आफ्नो कुरा राख्न चाहान्छु।
म राजेन्द्र लिंदेन
ठाकुरले भने : के छ भन्नुस्?
लिंदेनले भने : म महोदयको ध्यानाकर्षण गर्न चाहान्छु। यो संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी र त्यो पार्टीको सदस्य पनि रहेको ध्यानाकर्षण गराउन चाहान्छु र म रोष्टमबाटै आफ्ना कुरा राख्न अनुमति चाहान्छु ।
तपाईको नाम आएको छैन यहाँ ठाकुरले भने।
‘म राजेन्द्र लिंदेन मैले आफ्नो कुरा राख्ने अनुमति चाहान्छु’
‘हैन तपाईको नाम आएकै छैन’ ठाकुरले फेरि दोहोर्याए। तपाईको नाम दिनु पर्थो नि!
‘हामीलाई जानकारी पनि हुनुपर्यो नि!’ उनले भने
‘ल सबैलाई जानकारी नै छ त’ ठाकुरले भने।
सभा सञ्चालनमा सहयोग गरिरहेका सांसद सचिवालयका कर्मचारीले ‘हुन्छ आउनुस् म समय दिन्छु भनिदिनुस् भनेपछि ठाकुरले ‘हुन्छ आउनुस्’ भने। संसद हलमा उपस्थित सांसदहरू गलल्ल हाँसे।
त्यसपछि लिंदेनले भने ‘पछि भएपनि मागेरै भएपनि समय पाएँ र समय उपलब्ध गराइदिनु भएकोमा सभामुख महोदयलाई धन्यवाद दिन चाहान्छु।’
आफू राष्ट्रिय प्रजातन्त्र पार्टीको र आफ्नो तर्फबाट संघीय संसदको नवनिर्वाचित सांसदहरूलाई निर्वाचित भएकोमा शुभकामना दिन भ्याए।
हेर्नुहोस् भिडियो-
https://www.facebook.com/setopati/videos/1798777963526102/?t=877