राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीको संसद विषय उठान गरेका छन्।
जेलमा रहेका सांसद रेशम चौधरीलाई संसदमा भाग लिन आवश्यक व्यवस्था मिलाउन उनले सरकारसँग माग गरेका छन्।
जनताको अभिमतले अत्यधिक मत ल्याएर विजयी भएका जनप्रतिनिधि यो संसदमा हुन् आवश्यक रहेको उनले बताए। दोषी रहे आवश्यक कारवाही पछि गरिनेछ तर अहिले आरोप प्रमाणित नभएको उनले बताए।
बैठकमा बोल्दै उनले भने,‘उनको उपर केही दोष लगाइएको भएता पनि आरोप प्रमाणित भएको छैन,त्यसैले उनलाई संसदमा भाग लिन आवश्यक व्यवस्था मिलाउन मसँग अनुरोध गर्दछु।’