नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षीलाई रचनात्मक सहयोग गर्न आग्रह गरेका छन्। मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेको तर्फबाट बोल्दै नेपालले धारणा राखेका थिए।
'सरकारलाई हनिमुन पिरियड मनाउन नदिने' भनेर देउवाले सोमबार दिएको अभिव्यक्तिप्रति नेता नेपालले भने, 'रचनात्मक प्रतिपक्षको अपेक्षा छ। तर हनिमुन पनि मनाउन दिन्नौं भन्ने हो भने परिणाम आफैंले भोग्नुपर्छ।'
उनले वाम शक्तिको काँधमा ठूलो जिम्मेवारी आएको पनि बताए। 'वाम शक्ति आउँदैमा आत्तिनु पर्दैन', नेपालले भने, 'अधिनायकवाद लाद्छ कि चुनाव नै हुन दिँदैन कि भन्ने सोच्नु जरुरी छैन।' नेपालले सरकारले सुशासन र न्यायको प्रत्याभूति दिनुपर्ने पनि बताए। झण्डै दुई तिहाइको सरकार बन्न लागेको भए पनि अहंकार राख्ने कुरा नभएको नेपालले बताए।
सम्बोधन क्रममा उनले भने हेर्नुहोस् भिडियो:
https://www.facebook.com/setopati/videos/1798563286880903/