कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदभित्र सशक्त रूपमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका छन्।
संसदीय दलको नेता चयन भएलगत्तै बसेको बैठकको सुरूमा उनले मतदानमा सहभागी सबै सांसदहरूलाई धन्यवाद दिँदै आफ्नो भूमिकालाई सशक्त बनाउन निर्देशन गरेका हुन्।
उनले कम्युनिस्ट गठबन्धनको सरकारले न्यायापालिकालाई समेत दबाबमा राख्ने गरी अभिव्यक्ति दिन थालेको बताउँदै प्रतिपक्ष दलको भूमिकालाई आ-आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी बनाउन निर्देशन गरेका हुन्।
उनले सरकारलाई ‘वाच डग’को रूपमा निगरानी राख्न पनि निर्देशन गरेका छन्। उनले आजै संसदीय दलको उपनेतामा कांग्रेस नेता विजयकुमार गच्छदारलाई नियुक्ति गरेका छन्।