प्रतिनिधि सभाको पहिलो बैठक सोमबार नयाँ वानेश्वर स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बसेको छ।
पहिलो बैठकले प्रतिनिधिसभा बैठक संञ्चालनका लागि अन्तरिम कार्यविधि पास गरेको छ । साथै सोही अन्तरिम कार्यविधिको दफा ५ को उपदफा १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितमा सभाको अध्यक्षता गर्नका लागि खगराज अधिकारी, मान बहादुर विश्वकर्मा , पुर्ण कुमारी सुवेदी, लक्ष्मणलाल कर्ण र उमाशंकर अरगडियाको नामलाई अनुमोदन गरेको छ।
त्यसअघि बैठकको सुरुमा नै सभामुख महन्थ ठाकुरले संघीय संसदको पहिलो अधिवेशनको पहिलो बैठकको कारवाही प्रारम्भ भएको जानकारी गराउदै अधिवेशन आव्हान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए। संविधानको धारा ९३ को उपधारा १ मा पहिलो बैठकको आव्हान राष्ट्रपतिले गर्ने व्यवस्था छ ।
नेपालको संविधानको धारा ७६को उपधारा २ बमोजिम प्रतिनिधिसभाका माननिय सदस्य केपी ओलीलाई फागुन ३ गते नियुक्त गरेको सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि सभामुखले बैठकमा पढेर सुनाएका थिए।
अर्को बैठक भोलि मंगलबार बिहान ११ बजेका लागि बोलाईएको छ।