संघीय संसदको पहिलो बैठक सुरू भएको छ।
देश संघीयतामा गएपछि सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक बसेको हो।
प्रतिनिधिसभा निर्वाचन सकिएको तीन महिनापछि आइतबार सांसदहरूले शपथ ग्रहण गरेका थिए।
प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले र राष्ट्रिसभाको अध्यक्षता ज्येष्ठ सदस्य तारादेवी भट्टले गर्ने छन्।
संसदीय परम्पराअनुसार बैठकको सुरूमा राष्ट्रपतिबाट संघीय संसद्को आह्वान भएको सम्बन्धी पत्र पढेर सुनाइने छ।
संघीय संसदको पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने र त्यस बेला दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ।
पहिलो बैठक भएकाले शहीदहरूको सम्मानमा मौनधारण गर्ने र प्रधानमन्त्रीको नियुक्ति तथा मन्त्रिमण्डल बिस्तारबारे जानकारी गराइने भएको छ।
https://www.facebook.com/setopati/videos/1797432043660694/