नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।
सोमबार बिहान भएको निर्वाचनमा देउवा ४४ मत ल्याएर निर्वाचित भएको दलको निर्वाचन समितिका संयोजक चिनकाजी श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
देउवाका प्रतिस्पर्धीको रूपमा उठेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने जम्मा १९ मत ल्याएका छन्। उनी कांग्रेसभित्र रामचन्द्र प्यानलका नेता हुन्।
मंसिरमा भएको संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ पौडेल पक्षका धेरै सांसदहरूले जितेका थिए। समानुपातिकमा कांग्रेसले ४० सिट जितेको थियो। समानुपातिकमा भने सभापति देउवाले आफ्नोपक्षका धेरैलाई सांसद बनाएका थिए। त्यसैले संसदीय दलमा देउवाको बहुमत थियो।