प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिने भएका छन् ।
प्रदेश संसद सचिवालयका कार्यबाहक सचिव हरि बखतीका अनुसार आज दिउँसो २ बजे बस्ने संसद बैठक बस्नेछ।
मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
प्रदेश संसदमा एमाले र माओवादी केन्द्रको बहुमत भएकाले निर्धारित समयभन्दा अगाडि उनले विश्वासको मत लिन लागेका हुन्।
५३ सदस्यीय प्रदेश संसदमा एमाले र माओवादीका ३९ सदस्य रहेका छन् ।