आइतबार अपरान्ह बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि र राष्ट्रिय सभा सदस्यको सपथ थियो।
सपथ सुरु हुनुभन्दा केहीबेरअघि प्रतिनिधि सभा सदस्यको सपथ लिन प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगिसकेका थिए।
उनी आफ्नो कुर्सीमा बसेका थिए। केहीबेरमा कांग्रेस सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामा हलमा प्रवेश गरे। उनीसँगै कांग्रेसका अन्य सांसद पनि थिए।
देउवाका हलमा पसेपछि उनको सम्मानमा बसिरहेका केही कांग्रेस सांसद उठे।
देउवा प्रमुख प्रतीपक्षी दलको नेतालाई छुट्याइएको कुर्सीमा बस्न खोजे। यद्यपी उनी औपचारिक रुपमा प्रमुख प्रतीपक्षी दलको नेता भइसकेका छैनन्। उनी कुर्सीमा बस्नै लागेका थिए तर उठेर ओलीतर्फ लम्किए।
देउवा आफूतिर आएको देखेपछि प्रधानमन्त्री ओली कुर्सीबाट उठे र हात दिए। हात मिलाउँदा दुबै नेता प्रशन्न देखिन्थे।
उनीहरूले एकछिन कुराकानी गरे र फेरि आ–आफ्नो कुर्सीमा बसे। देउवा र प्रधानमन्त्री ओलीको यो ‘ह्यान्डसेक’ लाई अरु सांसदले चासोपूर्वक हेरेका थिए।